काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय बाट सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार संचालन हुने चार वर्षे स्नातक तह व्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बीआइटी) प्रथम वर्ष दोस्रो सत्र २०७६ समुहको मिति २०७८।०६।१० गतेदेखि सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्र निम्नानुसार तोकिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

अर्कोतिर त्रिविले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थान डीनको कार्यालय परीक्षा शाखा बलद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोस्रो वर्ष तेस्रो सत्र २०७६ समुह र चौथो वर्ष सातौं सत्र २०७४ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समुहको आंशिक परीक्षाको परीक्षा आवेदन फारम २०७८ साल कात्तिक १० गतेसम्म बुझाउन अनुरोध गरिएको छ ।

साथै, सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह व्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बीआइटी) विषय प्रथम वर्ष प्रथम सत्र २०७७ समुहको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी पनि सूचना प्रकाशित भएको छ ।

सम्बन्धित खबरहरु