काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरूरी सूचना प्रकाशित गरेको छ । त्रिविले पोष्ट ग्य्राजुएट डिप्लोमा इन काउन्सिलिङ्ग साइकोलोजी, स्कूल काउन्सिलिङ्ग र पोष्ट ग्य्राजुएट इन उमन स्टडिजको पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको फारम भर्ने भराउने सम्बन्धि सूचना प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा सञ्चालन हुने (२०७७) को पोष्ट ग्य्राजुएट डिप्लोमा इन काउन्सिलिङ्ग साइकोलोजी, स्कूल काउन्सिलिङ्ग र पोष्ट ग्य्राजुएट इन उमन स्टडिजको

पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुले २०७८ आश्विन २० गतेसम्म नियमित शुल्क र २०७८ कार्तिक १० गतेसम्म दोब्बर शुल्क तिरी आ–आफ्नो क्याम्पसमा परीक्षा आवेदन फराम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुने कुरा पनि सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु