काठमाडौं । पछिल्लो समय नेपालमा सुनको मुल्यमा निरन्तर परिवर्तन आइरहेको छ । यो बीचमा आज (बिहीबार) नेपाली बजारमा सुनको मुल्य तीन अंकले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको हो । बुधबार ९१ हजार २०० रुपैयाँमा बारोबार भएको सुनको मुल्यमा आज यस्तो परिवर्तन आएको हो ।

आज मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । अर्कोतिर तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ ।

बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबरहरु