काठमाडौ । साताको अन्तिम दिन शेयर बजार ह्वात्तै घटेको छ । सबैतर्फ राताम्मे देखिएपछि हिजो बढ्दा हौसिएकाहरुले समेत पुर्पुरोमा हात राख्न थालेका छन् ।

कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटिसकेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् ।

यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।

बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ । कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयरमूल्य घटेको देखिन्छ ।

 

सम्बन्धित खबरहरु