काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना प्रकाशित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक वर्षे वी.एड.का नियमित, आंशिक तथा मौका समेत परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचना प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा सञ्चालन हुने (२०७७) को एक वर्षे वी.एड.का नियमित, आंशिक तथा मौका समेत परीक्षा दिने परीक्षार्थीहरुले २०७८ आश्विन २० गतेसम्म नियमित शुल्क र २०७८ कार्तिक १० गतेसम्म दोब्बर शुल्क तिरी आ–आफ्नो क्याम्पसमा परीक्षा आवेदन फराम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुने कुरा पनि सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु