काठमाडौं । नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयले लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

आजको गोरखापत्र दैनिकमा प्राधिकरणको यस्तो सूचना प्रकाशित भएको हो ।

जारी सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणबाट २०७६/०३/१३ मा प्रकाशित निम्नलिखित बढुवा सूचना नं./ विज्ञापन नं. अनुसारका पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये

निम्नलिखित रोल नं. र वर्णानुक्रमानुसार नाम, थर भएका उम्मेदवारहरू अन्तर्वार्ताका लागि छनोट भएको हँुदा अन्तर्वार्ता परीक्षा हुने दिन आफूले पेस गरेका सक्कल प्रमाणपत्र र प्रवेश–पत्र साथमा लिई तोकिएको समयभन्दा १ घण्टा अगावै नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालय, काठमाडौँस्थित पदपूर्ति विभागमा उपस्थित हुन

सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता कार्यक्रम www.nea.org.np बाट पनि हेर्न सकिनेछ ।’

 

सम्बन्धित खबरहरु