काठमाडौं । अहिलेको समयमा बैंकमा खाता खोल्ने कुरा अति सामान्य भएको छ । तर के हुन्छ जब तपाईंको खातामा अचानक करोडौं रुपैयाँ जम्मा हुन्छ ।

यस्तै एक दुर्लभ घटना भारत, बिहारको खगेरियामा देखिएको छ । त्यहाँ एक युवकको खातामा गल्तीले ८ लाख रुपैयाँ भन्दा धेरै जम्मा भयो । त्यो मात्रै होईन सो रकम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भन्दै हल्ला पनि फैलाइयो ।

आफ्नो खातामा आएको रकम फिर्ता गर्न अस्वीकार गरेको विषय अहिले पनि चर्चामा रहेको छ । यसबीच, कटिहारमा दुई बैंक खाताहरुमा १५४२ करोडको राशि बराबरको रकम जम्मा भएको खुल्यो । बैंकका अधिकारीहरु पनि खातामा यति ठूलो रकम आएपछि चकित छन् ।

जब उनीहरु दुबैलाई खातामा आएको रकमबारे थाहा भयो, अन्य मानिसहरुलाई पनि आफ्नो खाता जाँच गर्न भनियो । अचानक खातामा ठुलो रकम जम्मा भएको कुरा थाहा पाएपछि अन्य व्यक्तिहरु आफ्नो खातामा रकम जम्मा भए नभएको कुरा हेर्नका लागि लाइनमा लागेका थिए ।

बिहारमा, स्कूले बच्चाहरुको पोशाक र खाजाको रकम सरकारले बैंक खातामा पठाउछ । बुधवार, आजमनगर प्रहरी चौकी क्षेत्रको बघौरा पञ्चायतमा स्थित पास्टिया गाउँका दुई बच्चाहरु गुरुचन्द्र विश्वास र असित कुमारको पोशाकको रकमबारे जानकारी लिन एसबीआईका सीएसपी त्यहाँ पुग्नुपर्यो ।

त्यहाँ पुग्दा उनीहरुलाई थाहा भयो कि करोडौं रुपैयाँ उनीहरुको खातामा जम्मा भएको छ । यो सुनेर बालबालिकाहरु मात्र नभई वरपर उभिएका अन्य मानिसहरु पनि चकित परेको बताइएको छ ।

खाता उत्तर बिहार ग्रामीण बैंक भेलागंज शाखाको हो । सीएसपीले बताए कि विद्यार्थी गुरुचन्द्र विश्वासको खाता नम्बर १००८१५१०३०२०८००१ मा झण्डै ९६ करोड भन्दा धेरै र असित कुमारको खाता नम्बर १००८१५१०३०२०८०८१ मा १४४५ करोड भन्दा बढी थियो ।

जब शाखा प्रबन्धक मनोज गुप्तालाई यो कुरा थाहा भयो, उनी छक्क परे । गुप्ताले दुबै बच्चाहरुको खाताबाट भुक्तानी रोक्दै यस प्रकरणमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । बैंकका वरिष्ठ अधिकारीहरुलाई पनि यसबारे जानकारी दिइएको छ ।

सोही समयमा, एलडीएम एमके मधुकरले यस विषयमा आफु जानकार नभएको बताएका छन् । बैंकबाट जानकारी प्राप्त भएमा यस विषयमा अनुसन्धान गरेर जानकारी गराउने मधुकरले बताएका छन् ।

त्यस भन्दा पहिले खगरिया जिल्लामा एक धेरै रोचक बाहिर आएको छ । अचानक रञ्जित दासको खातामा झण्डै ९ लाख रुपैयाँ आयो । खातामा पैसा आएपछि उनलाई लाग्यो कि प्रधानमन्त्री मोदीले सो पैसा उनको खातामा पठाएका हुन् ।

उनले त्यो पैसा आफ्नो खाताबाट निकालेर खर्च गर्न थाले । पैसा फिर्ताको लागि बैंकले रणजीत दासलाई धेरै पटक सूचना पठाइसकेको थियो, तर उनले पैसा फिर्ता गर्न मानेनन् । अन्ततः बैंकको तर्फबाट रञ्जित दास विरुद्ध एक एफआईआर दर्ता गरियो । प्रहरीले रञ्जितलाई गिरफ्तार गरेर जेल चलान गरेको छ ।

 

सम्बन्धित खबरहरु