काठमाडौं । सडक दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । भारत, मध्यप्रदेशको राजगढमा बिहीबार बिहान एउटा दर्दनाक सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।

सबै मृतक एकै परिवारका सदस्य रहेका थिए । राजगढको बियाओरा सडकमा बिहान एउटा तीब्र गतिमा रहेको गाडीले अटोलाई ठक्कर दिएको थियो ।

ठक्कर यस्तो थियो कि अटोका सबै यात्रुहरुको घटनास्थलमै मृत्यु भयो र अटो पूरै क्षतिग्रस्त भयो । प्राप्त जानकारी अनुसार, हीरान खेडी गाउँमा बस्ने एकै परिवारका ६ जना अटो बाट राजगढ जाँदै थिए ।

समाचार अनुसार उनीहरु आफन्तको अन्त्येष्टिमा भाग लिन जाँदै थिए । यसबीच तिव्र गतिमा आएको वाहान बियाओरा रोडमा अटोसँग ठोक्कियो ।

दुर्घटनामा पन्नालाल तन्वर, मोर सिंह, प्रभुलाल तन्वर, पार्वती बाई, सन्तरा बाईको मृत्यु भएको छ । यसैबीच, मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्रीले भनेका छन, ‘म राजगढ जिल्लाको न्यूजको बडा पुल नजिकै सडक दुर्घटनामा ५ जनाको अकालमा मृत्यु भएकोमा गहिरो संवेदना व्यक्त गर्दछु ।’

मुख्यमन्त्री शिवराज चौहानले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी भगवानसँग प्रार्थना पनि गरेका छन् ।

मुख्यमन्त्रीले घाइतेहरुको राम्रो उपचार र पीडित परिवारलाई उचित सहयोग गर्न निर्देशन पनि दिएका छन् ।

 

सम्बन्धित खबरहरु