काठमाडौं । कोरोना महामारीबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ । बिहीबार थप ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको हो ।

अर्कोतिर पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १६५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा ११ हजार २०८ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १६५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९७१ वटा एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै कुल सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७४ लाख ५२ हजार १५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक लाख १० हजार ८९९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

त्यस्तै हालसम्म ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा र ५४ लाख ७३ हजार १५१ जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबारसम्म नेपालमा २५ हजार ७७२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ४०७, भेन्टिलेटरमा १२८, होम आइसोलेशनमा २४ हजार २२२, संस्थागत आइसोलेशनमा एक हजार ५५० र क्वारेन्टाइनमा २२० जना उपचाररत रहेका छन् ।

सम्बन्धित खबरहरु