काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान ताजिकिस्तान पुग्नुभएको छ ।

उहाँले सांघाइ कर्पोरेशनको २१ औं सम्मेलनमा भाग लिन ताजिकिस्तान पुग्नुभएको हो ।

पाकिस्तानका प्रधानमन्त्री खानलाई ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रसुल्जोडाले दुशान्बे विमानस्थलमा स्वागत गर्नुभयो ।

डाँनका अनुसार प्रधानमन्त्री खानसँगै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी समेत ताजिकिस्तान पुग्नुभएको हो । साघांइ कर्पोरेशनको २१ औं सम्मेलन शुक्रबारदेखि दुशान्बेमा सुरु हुँदैछ ।

बैठकको अध्यक्षता ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले गर्नुहुनेछ । सांघाइ कर्पोरेशनमा आठ सदस्य राष्ट्र छन् ।

चीन, भारत, कजाख्स्तान, किर्गिस्तान, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सांघाइ कर्पोरेशनका सदस्य राष्ट्र हुन ।

अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया पूर्ण सदस्य राष्ट्र हुन इच्छा देखाएका छन् ।

अर्मेनिया, अजरबैजान, कम्बोडिया, नेपाल, श्रीलङ्का र टर्की सम्वाद साझेदारका रुपमा रहेका छन् ।

सम्बन्धित खबरहरु