काठमाडौं । बैंकले ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन् ।

अधिकांश बैंकहरुले ब्याजदर बढाएको जानकारी दिइएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको थियो ।

कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै बैंकहरुमा तरलता घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार अहिले बजारमा करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ ।

एक महिना अघिसम्म ५० अर्ब माथि तरलता रहेको थियो । निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिनेछ । कुन बैंकको कति पुग्यो हेर्नुहोस्

सनराइज बैंक (१०.०७), प्राइम बैंक (९.७५), मेगा बैंक (९.५५), एनएमबि बैंक (९.५२), सानिमा बैंक (९.५१), ग्लोबल आएमइ बैंक (९.५०), एनसीसी बैंक (९.२६), नबिल बैंक (९.२६), सेन्चुरी (९.२५), सिभिल बैंक (९.२५), सिद्धार्थ बैंक (९.०५), हिमालयन बैंक (९.००), नेपाल इन्भेस्टमेन्ट बैंक (९.००) बढाएको छ ।

यसैगरी लक्ष्मी बैंक (९.००), बीओके बैंक (८.७७), नेपाल बंगलादेश बैंक (८.७६), माच्छापुछ्रे बैंक (८.७५), एनआसी एसिया बैंक (८.६०), एसबीआइ बैंक (८.५५), एभरेस्ट बैंक (८.५०), प्रभु बैंक (८.२५) बढाएको छ ।

यसैगरी कुमारी बैंक (८.१५), राष्ट्रिय वाणिज्य (८.०६), नेपाल बैंक लिमिटेड (८.०५), सिटिजन बैंक (८.००), एडीबीएल बैंक (८.००) र स्टान्डर्ड चार्टर्ड बैंक (७.५०) को प्रतिशत रहेको छ ।

सम्बन्धित खबरहरु