काठमाडौं । आफुलाई एकल आमा बताउदै आएकी चर्चित बंगाली अभिनेत्री र टीएमसी सांसद नुसरत जहाँले आफ्नो बच्चाको बाबुको खुलासा गरेकी छिन् ।

पछिल्ला दिनहरुमा उनी आफ्नो निजी जीवनका कारण चर्चामा छिन् । उनले केही समय अघि पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी थिइन् । नुसरत पति निखिल जैनदेखि लामो समयदेखि अलग थिइन् । ( entertainment story actress nusrat jhan son yishaan birth certificate viral yash dasgupta name listed as father )

यो बीचमा जैन आफैंले पनि हालै जन्मिएको बच्चा आफ्नो नभएको बताएका थिए । त्यसपछि विषय अझ गम्भीर भयो । जहाँलाई प्रेमी यशदास गुप्तासम्ग पनि धेरै पटक देखिएको थियो ।

उनका समर्थकहरु मात्रै नभएर सबैले नुसरतले आफ्नो बच्चाको बुबाको नाम कसलाई दिन्छिन् भन्ने विषय कौतुहलताको रुपमा रहेको थियो । अब यो रहस्य समाप्त भएको छ ।

नुसरत जहाँको छोराको जन्म प्रमाणपत्र बाहिर आएको छ, जसमा बुबाको नाम पनि लेखिएको छ । तर धेरै मानिसहरु बुबाको नाम देखेर अन्योलमा परेका छन्, किनकि ति व्यक्ति न यश हुन् न त निखिल नै हुन् ।

कोलकाता नगर निगमको दस्तावेज अनुसार नुसरत जहाँले आफ्नो बच्चाको नाम ईशान जे दासगुप्ता राखिन् । त्यहाँ बच्चाको बुबाको नाम पनि लेखिएको छ। बुवाको नाम देबाशीष दासगुप्त रहेको छ ।

चर्चामा नरहेको नाम बाहिर आएपछि मानिसहरु चकित हुनुपर्यो । तर तपाईंलाई जानकारी गराउ कि नुसरत जहाँले उल्लेख गरेको यो नाम यशदास गुप्ताको नै हो ।

यश नुसरतको गर्भावस्था र उनको डेलीभरीको समयमा पनि सँगै देखिएका थिए । जब नुसरत बच्चासंगै अस्पताल बाट घर फर्कदै थिईन्, त्यस समयमा यश कार चलाइरहेका थिए ।

नुसरतले २०२१ अगस्टमा पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी थिइन् । गुप्ता भारतीय जनता पार्टी (भाजपा) का नेता समेत रहेका छन् ।

सम्बन्धित खबरहरु