काठमाडौं । पृथ्वीरार्जमा पर्ने व्यास नगरपालिका–१२ मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

डुम्रेबाट दमौली जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक सडकबाट १० मिटर तल बुल्दी खोलामा खसेको हो ।

घटनास्थलमा नै चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

करिब २८, २९ वर्षका चालकको नाम थर वतन खुली नसकेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा नवलपरासी कावासोती निवासी १४ वर्षका राजकुमार विक घाइते हुनु भएको र उहाँको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहीबार राती १२ बजे भएको थियो । चालक निदाएको कारणले दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

सम्बन्धित खबरहरु