काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका हुन् ।

१७ सेप्टेम्बर १९५० मा जन्मेका उनी गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । नरेन्द्र मोदीको जन्म भारतको गुजरातमा भएको थियो ।

उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् ।

एउटा सभासदको रूपमा उनले भारतको उत्तर प्रदेशको सांस्कृतिक नगरी वाराणसी तथा आफ्नो गृहराज्य गुजरातको वडोदरा संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।

यसभन्दा पहिले उनी भारतीय राज्य गुजरातको १४औ मुख्यमन्त्रीको रूपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए ।

गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् ।

सम्बन्धित खबरहरु