काठमाडौं । चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो ।

 

निगमको वाइडबडी– ३३० जहाज बिहीबार खोप लिन चीनको बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो सयम खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।

यस्तै, काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

सम्बन्धित खबरहरु