काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१२ मुसेखोलामा बिहीबार राति ट्रक दुर्घटनामा मृत्यु भएका चालकको सनाखत भएको छ ।

मृतक चालक पोखरा महानगरपालिका–१९ का २९ वर्षीय अर्जुन गौतम रहेको खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

दुर्घटना स्थलमा प्रमाणहरु फेला नपर्दा पहिचान खुल्न सकेको थिएन ।आफन्तजनलाई सम्पर्क गरी शव देखाएर पहिचान गरिएको प्रहरीले जनाएको छ ।

सिमेन्ट बोकेर डुम्रेबाट दमौली जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक सडक देखी १० मिटर तल बुल्दी खोलामा पल्टदा घटनास्थलमा नै चालकको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

ट्रकको मालिक पनि चालक आफैं रहेको उहाँले जानकारी दिनुभयो । करिब २८, २९ वर्षका चालकको नाम, थर, वतन खुली नसकेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा नवलपरासी कावासोती निवासी १४ वर्षका राजकुमार विक घाइते हुनुभएको र उहाँको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकले गोठलाई भत्काउँदै खोलाको छेउमा खस्ने क्रममा तीन वटा गाई समेत मरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु