काठमाडौं । नेकपा सरकारका एक मन्त्रीले एमसीसीलाई विकास परियोजना बताउँदै संसदबाट अनुमोदन गर्नुपर्ने बताउनु भएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताउनु भएको हो ।

कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न शुक्रबार सुनसरी पुग्नु भएका कानूनमन्त्री कार्कीले यस्तो बताउनुभयो । उहाँका अनुसार एमसीसी विकास परियोजना हो ।

उहाँले नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म नआएको पनि उल्लेख गर्नुभयो । विकास परियोजनामा राजनीति गर्न नहुने उहाँको बुझाई रहेको छ ।

कानूनमन्त्री कार्कीले एमसीसीलाई संसदबाट अनुमोदन गराउने लक्ष्य भएको भन्दै त्यसमा अगाडि बढ्नुपर्ने जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु