काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेको हरेक कमिटीबाट विद्रोह हुने बताउनु भएको छ ।

शुक्रबार बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले यस्तो बताउनु भएको हो । कतिपयले आफूलाई चुनौतीरहित ठानेको पनि बताउनुभयो ।

लुम्बिनी प्रदेशका निकै कम जनप्रतिनिधिले मात्र नयाँ पार्टी रोजेकोतर्फ संकेत गर्दै उहाँले अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र एकीकृत समाजवादी रोजेको तर्क गर्नुभयो । लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उहाँले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको जनाउनुभयो ।

नेतृ झाँक्रीले युवा पुस्तालाई सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता नबन्न सुझाव पनि दिनुभयो । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्ने उहाँको तर्क रहेको छ ।

दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेकपा एमालेको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुने उहाँको भनाई छ ।

यस्तै, एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने र केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत राख्ने उहाँको दाबा रहेको छ ।

सम्बन्धित खबरहरु