काठमाडौं । पूर्वी चितवनको राप्तीमा छिमेकीले एकजनाको ज्यान लिएका छन् । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा ज्यान लिएका हुन् ।

प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण घटना भएको आशंका गरिएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले हंगामा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

सोही क्रममा विवाद हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु