काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई फोन गर्नुभएको छ ।

अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै फोन आएको कुरा जानकारी दिनु भएको हो । ओलीको फोन आउादा आफु छक्क परेको पनि उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, ‘फोन आउदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लाग्यो तर उहाँ हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!’ अभिनेत्री करिश्माका अनुसार ओलीले फोन गरेर परीक्षा कस्तो भैरहेको छ ? भनेर सोध्नु भएको थियो ।

जवाफमा मानन्धरले हजुर ठिक छ सर भनेर जवाफ दिनुभयो । अच्चम मान्दै उहाँले तपाई केपी ओली हुनुहुन्छ भनेर प्रश्न पनि गर्नुभयो । जवाफमा ओलीले अ हो विश्वास लागेन भनेर सोध्नुभयो । जवाफमा अभिनेत्री मानन्धरले लागेन सर भनेर जवाफ फर्काउनुभयो ।

अभिनेत्री मानन्धर अगाडि लेख्नुहुन्छ, ‘अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो, उहाँ हाम्रो केपी जि नै हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन यत्रो ठुलो मान्छे भएर पनि सामान्य कलाकारलाई फोन गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ?’

सम्बन्धित खबरहरु