काठमाडौं । तालिबानले अफगानिस्तानमा महिला मन्त्रालय हटाएको छ । महिला मन्त्रालयको ठाउँमा कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय राखेको खुलेको हो ।

शुक्रवार तालिबानले महिला मन्त्रालयको नाम हटाएर सदाचार मन्त्रालयको नाम राखेको थियो ।

सामाजिक सञ्जालमा प्रेषित भिडियोहरूमा महिला कर्मचारीहरूले कार्यालयबाहिर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुनय गरिरहेको देखिन्छ ।

सन् १९९० को दशकताका तालिबान शासन अवधिमा उक्त मन्त्रालयले कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्धहरू लगाएको थियो ।

निरन्तरको सङ्घर्षपछि विगत २० वर्षमा अफगान महिलाहरूले आधारभूत अधिकारहरू पाएका थिए ।

तर पुरुषहरूले मात्र नेतृत्व गरेको तालिबान अन्तरिम सरकारले आफूहरूको पाएको अधिकार फेरि कटौती गर्ने डर महिलाहरूमा छ ।

काबुलस्थित बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डूसेका अनुसार अफगानिस्तानमा आएको परिवर्तन बुझेर अघि बढ्ने वाचा गरेको भए पनि तालिबानको कामगराइ फरक देखिएको छ ।

सम्बन्धित खबरहरु