काठमाडौं । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

यो बीचमा सभामुख अग्निप्रसाद सापकोटाले पनि आफु संसदको कार्यसम्पादनबाट सन्तुष्ट नभएको प्रतिकृया दिनु भएको छ ।

शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उहाँले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताउनुभयो । संसदको प्रभविकारिताबारे बोल्दै आफैं पूर्ण सन्तुष्ट नभएको बताउनु भएको हो ।

कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्ने विषयमा चर्चा गरिरहेको उहाँले बताउनुभयो । इमानका साथ आफु त्यसमा केन्द्रित हुने उहाँको भनाई रहेको छ ।

आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको पनि उहाँले जानकारी दिनुभयो । दुई वर्षको अवधिमा आफुलाई गहिरो अनुभूत भएको जनाउनुभयो ।

सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको उहाँको बुझाई रहेको छ ।

सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताउनुभयो ।

सम्बन्धित खबरहरु