काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने बताउनु भएको छ ।

 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार उहाँले यस्तो बयान दिनु भएको हो ।

असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुने उहाँको बुझाई रहेको छ । प्रदेशका नेता÷कार्यकर्तालाई प्रशिक्षण दिनका लागि उहाँ जनकपुरधाम पुग्नु भएको हो ।

कार्यक्रम सक्काएर फर्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको तर्क गर्नुभयो ।

आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको उहाँको दाबी रहेको छ । एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले उल्लेख गर्नुभयो ।

संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको पनि उहाँले स्मरण गर्नुभयो । अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने प्रचण्डको भनाई थियो ।

एमसीसी परियोजनाबारे बोल्दै उहाँले परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्ने बताउनुभयो ।

पाँच दलीय गठबन्धनको सहयोगमा काग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सम्बन्धित खबरहरु