काठमाडौं । भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को विजेता बनेका छन् । पौडेल हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को विजेता बनेका हुन् । उनलाई भोटको आधारमा विजेता घोषणा गरिएको हो ।

आज राति कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको शोमा विजेता घोषणा मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले गर्नुभयो । फाइनलमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका थिए ।

फस्ट रनरअप बिक्की अग्रवाल बनेका छन् । दोस्रो रनरअप सन्तोष थापा बनेका छन् । विजेताले २५ लाख रूपैयाँ र कार पाएका छन् । दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाएका छन् ।

भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । अर्कोतिर विक्की र सन्तोष प्रस्तुति र दर्शकको भोटिङले गर्दा फाइनलसम्मको यात्रामा पुगेका थिए । तपाईंलाई जानकारी गराउ कि भरतमणि ताप्लेजुङका हुन् ।

सन्तोष गोर्खाबाट र विक्की सिक्किमबाट सहभागी भएका थिए । आज राति साढे दश बजेसम्म भोटिङ लाइन खुल्ला थियो भने नतिजा भने ११ बजेतिर घोषणा गरिएको हो ।

सम्बन्धित खबरहरु