काठमाडौं । १० दिन पहिले गणेश चतुर्थीमा आफ्ना भक्तहरुसंग बस्न आएका गणपति आज विदा हुँदैछन् ।

उनी १० दिनपछि आज अनन्तः चतुर्दशीमा आज (आइतबार) बिदा लिदैँछन् । गणपतिलाई आज जल विर्सजन गरिनेछ ।

यो भन्दा पहिले विशेष पूजा गरिन्छ । धार्मिक विश्वास अनुसार गणपतिले जाँदा जाँदै विनाशकारी समस्याहरुबाट मुक्ति दिदैँ आफ्ना भक्तहरुको सबै दुःखहरुलाई समाप्त पार्छन् ।

त्यसकारण तपाईंले दुस्खबाट छुटकारा पाउन आज गणपतिको विशेष तरिकाले पूजा गर्नुपर्छ । साथै, एक शुभ समयमा गणेश विसर्जन गर्दा धेरै लाभ मिल्छ । गणेश विसर्जनको लागि शुभ समय बिहान ९ः२६ देखि १२ः३६ सम्म रहेको छ ।

त्यस बाहेक, दिउँसो २ः११ देखि ३ः४७ सम्म, गणपति विसर्जनको लागी एक राम्रो समय हुनेछ । अर्कोतिर साँझ ४ः४५ देखि साँझ ६ः१५ बजेसम्म राहुकाल हुनेछ । त्यसैले सो समयमा भुलेर पनि गणेश विसर्जन गर्नुहुँदैन् । गणपति विर्सजन गर्दा उनलाई मनपर्ने चीजहरु चढाउनुपर्छ ।

त्यस्तो गर्दा गणेश भगवान खुशी हुन्छन् र भक्तहरुको सबै इच्छाहरु पूरा गर्छन् । त्यसैले, अनन्त चतुर्दशी को शुभ समय मा गणपति को विसर्जन गर्नु अघि, आरती पूजा गर्नुपर्छ ।

उनीहरुलाई पहेंलो वा रातो रंगको नयाँ लुगा लगाउनुहोस् । साथै, गणेश भगवानालाई सिन्दूर, दुर्वा घाँस, मोदक, केरा र घ्यू चढाउनुहोस् ।

ब्रह्मा मुहूर्त बिहान : ४ः५० देखि ५ः३८ सम्म रहेको छ ।
अभिजीत मुहूर्त दिउँसो : १२ः०५ देखि १२ः५४ बजेसम्म रहेको छ ।
अमृत ​​काल : बेलुका ८ः३० देखि १०ः०५ सम्म रहने भएको छ ।

सम्बन्धित खबरहरु