काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रदान गरेको पदकबारे बोल्नु भएको छ । उहाँका अनुसार सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गर्नुभएको हो ।

[caption id="" align="aligncenter" width="960"] File Photo[/caption]

सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको छ । आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? भनेर ओलीले सरकारसँग प्रश्न पनि गर्नुभयो ।

अर्कोतिर बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको अध्यक्ष ओलीको आरोप रहेको छ । ओलीले अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको भन्दै ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त भनेर ब्यङ्ग्य पनि गर्नुभयो ।

आफ्नो सरकार हुँदा खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको पनि उहाँको बुझाई रहेको छ । मुद्दा जिताइदिने, हराइदिनेलाई सम्मानित गरिएको उहाँले जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु