काठमाडौं । सत्ता साझोदार नेकपा एकीकृत समाजवादी एक हप्ताभित्र सरकारमा जाने भएको छ । अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताउनु भएको हो ।

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको जानकारी दिनुभयो ।

पहिले आसेपासेलाई लगेर नियुक्ति गरिएको स्मरण गर्दै नेता नेपालले भन्नुभयो, ‘क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो ।

आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो ।’ अहिले ती सबैबाट मुक्त भएर समुचित ढंगले व्यवस्थापन गरिरहेको उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको सुनाउनुभयो । उहाँका अनुसार १ र ३ नम्बर प्रदेशमा केपी ओलीका प्युसोहरुको सरकार भएको भन्दै एक हप्ताभित्र सरकार हटाएर सरकारले बनाउने दाबी गर्नुभयो ।

गण्डकी प्रदेशमा भने ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उहाँको बुझाई रहेको छ । गण्डकी प्रदेशमा आफ्ना पक्षका साथीहरुलाई भेदभाव, अन्याय गर्दै टिकटबाट वञ्चित गरिएको उहाँको गुनासो छ ।

सम्बन्धित खबरहरु