काठमाडौं । चर्चित हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । आइतबार हृदयघातका कारण निधन भएको हो ।

छन्दे स्टुडियोमा एक म्युजिक भिडियो सुटिङ गरिरहेका उनी एक्कासी ढल्न पुगेका थिए ।

तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो तर बचाउन सकिएन । छन्दे स्टुडियो तारकेश्वर नगरपालिका–६ महाँकालमा रहेको छ ।

उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए ।

६९ वर्षको उमेरमा निधन भएका उनको पार्थिव शरिर आइतबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।

२००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका केसी लामो समयदेखि कलाकारितामा संलग्न थिए ।

रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । केसीका श्रीमती, दुई छोरा, तीन छोरी छन् ।

सम्बन्धित खबरहरु