काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले आइतबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

जानकी मन्दिर प्रशासनले पूर्वयुवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तीले झकिझकाउ बनाउनुका साथै रेड कार्पेट ओछ्याएर स्वागत गरेको थियो ।

हिमानी ट्रष्टले भोलि सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उहाँ जनकपुरधाम पुग्नु भएको हो ।

ट्रष्टले सोमबार जनकपुरधामको सकल भवन कन्या मावि स्कुलमा खानेपानीका सामाग्री (वाटर फिल्टर) वितरण गर्ने छ । यसअघि उहाँलाई जनकपुर विमानस्थलमा समेत भव्य स्वागत गरिएको थियो ।

अर्कोतिर जनकपुरमा हिमानीको स्वागत गर्नुअघि राष्ट्रवादी नागरिक समाज धनुषाले ‘राजा आऊ, देश बचाऊ’, ‘हिन्दू राज्य कायम गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर जनकपुर परिक्रमा गरेका थिए । उहाँ भोलि नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु