काठमाडौं । सोमबार (आज) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि सामान्य बदली रही मेघगर्जन हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दियो ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ४ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ।

२०७८ आश्विन ५ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

२०७८ आश्विन ६ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबरहरु