काठमाडौं । संखुवासभा सामूहिक नरसंहार प्रकरणमा नयाँ खुलासा भएको छ । सो घटनामा संलग्न भएको आरोपमा थप चार जना व्यक्तिहरु पक्राउ परेका हुन् ।

प्रहरीले घटनाका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो । उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

संघीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ । २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक नरसंहार भएको थियो ।

५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको लाश विभिन्न स्थानमा फेला पारिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा मृतक तेजबहादुरका भतिज नाता पर्ने लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।

सम्बन्धित खबरहरु