काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु. दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु. ८९ हजार एक सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ ।

तेजाबी सुन आइतबार रु. ८८ हजार ६ सय ५० मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु. १५ले घटेको छ ।

चाँदीको मूल्य आज प्रतितोला रु. एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु. एक हजार १५० थियो ।

सम्बन्धित खबरहरु