काठमाडौं । मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध फायर गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो काण्ड हो ।

प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको घटनामा धेरै व्यक्ति घाइते भएको र फायर गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका छन् ।

उक्त घटनामा सुरूमा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएका जानकारी अनुसन्धानकर्ताहरूले गराएका थिए ।

सामान्यतया शिक्षण संस्थामा कडा सुरक्षाको कारण र कानुनी कठिनाइको कारण रूसमा तुलनात्मक रूपमा शिक्षालयमा यस्ता घटना कमै हुने गरेका छन् ।

सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा विद्यार्थीहरूले उफ्रनुअघि परिसरका भवनहरूबाट सामानहरू फ्याँक्दै गरेको देखाइएको थियो । ति व्यक्तिको कुनै पनि चरमपन्थी संगठनसँग सम्बन्ध नरहेको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु