काठमाडौं । बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवकबारे नयाँ खुलासा भएको छ ।

उनी नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी हुन् ।

उनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको खुलेको छ । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

बुटवल–३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदीमाथि मुक्का हानिएको थियो ।

पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका उनी जाइलागेका हुन् ।

गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु