पोखरा । पत्रकार तथा वृत्तचित्र निर्देशक गणेश पाण्डेको स्वरमा बनेको गीत ‘माझी दाई’ को म्युजिक भिडियो बन्ने भएको छ । अहिले म्युजिक भिडियोको सुटिङ पोखरामा चलिरहेको छ ।

नेत्र अर्यालको शव्द, अनिश दवाडीको संगीत रहेको गीतमा पाण्डेसँगै चर्चित गायिका सुनिता बुढा क्षत्रीको युगल स्वर रहेको छ।

नवराज उप्रेतीको छायांकन, विनोद भण्डारीको निर्देशनमा बनिरहेको म्युजिक भिडियोमा शिशिर पौडेल र सारिका केसीले अभिनय गरिरहेका छन्।

केही दिनमा नै म्युजिक भिडियो रिलिज हुने निर्माण पक्षले जनाएको छ । गीतमा शब्द, संगीत र लय सबैका लागि भावनात्मक बनेपछि यसलाई म्युजिक भिडियोमा नै उतार्न लागिएको हो ।

प्रेम जीवनमा आधारित कथा समेटेर म्युजिक भिडियो बनिरहेको संगीतकार अनिश दवाडीले जानकारी दिनुभयो ।

गायक पाण्डेले यसअघि ‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान’ चर्चित लघु चलचित्र निर्देशन गरिसक्नुभएको छ । उहाँ पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

सम्बन्धित खबरहरु