काठमाडौं । सत्ता गठबन्धनमा खटपट शुरु भएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार हुन नदिने चेतावनी दिनु भएको छ ।

उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार हुन नदिने बताउनु भएको हो ।

सोमबार प्रतिनिधिसभा संसद्को बैठकपछि सञ्चार माध्यमहरुसँग बोल्नुहुँदै अध्यक्ष यादवले अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार सम्भव नभएको बताउनुभयो ।

अध्यादेश खारेज गरेर मन्त्रालय बाँडफाट भएपछि मन्त्रिपरिषद् विस्तार हुने उहाँको भनाई रहेको छ ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने गरी अध्यादेश ल्याइएको थियो ।

अध्यादेश गलत छ, यसले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने अन्ततः लोकतन्त्रलाई नै अस्थिर बनाउने हुँदा यो खारेज हुनुपर्छ, यादव बताउनुहुन्छ ।

अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने र राजनीतिक विकृति फैल्याउने उहाँको बुझाई रहेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकतन्त्रलाई अस्थिर बनाउने पनि उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रीपरिषद् अहिलेसम्म विस्तार हुन सकिरहेको छैन ।

सम्बन्धित खबरहरु