एजेन्सी । कुनै घटना यस्ता हुन्छन् कुनैपनि मानिसलाई सुन्ने तागतपनि नहुनसक्छ । तर हाम्रो समाज यही हो सुन्दिन भनेर हुने छैन ।

यस्ता व्यक्तिलाई सवक सिकाउन भएपनि यस्ता सामाग्रीहरु साझा गरेर आफ्नो विचार राख्ने गर्नुहोला । पूरा पढेर आफूलाई लागेको आफ्नो सामाजिक सञ्जालमा लेख्नुहोला ।

यो घटना सुन्दापनि जो कोहीको मुटु चस्किन्छ । यस्ता श्रीमान हुनु भन्दा त एकल जीवन ठिक छ । छोरी अत्यन्तै मेहनती थिइन् । सानैदेखि पढ्नमा अब्बल ।

तर धन हेरेर परिवार अनपढ व्यक्तिसँग विवाह गरिदियो । उनको श्रीमान मात्र ८ कक्षा पढेको थियो । निक्कै संकिर्ण थियो । घरको काम आफै गरेर उनी पढ्दै अघि बढ्नि ।

म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला अत्यन्तै ईष्यालु श्रीमानले गिडिदियो । उक्त घटना यति हदसम्मको छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ ।

यो घटना घटाउने पति अहिले जेल जीवन भोगिरहेको छ । उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् भनेर यसो गरेको उसको बयान छ । उसले दाहिने हात कै सबै औला गिडिदिएको थियो ।

३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औलाको हालत यस्तो बनाएको हो । यति मात्र हैन । हातको औला हातबाट छुट्टिएका थिए । घटनापनि यसरी गराएको सुन्दा हामी जो कोही अचम्मित हुन्छौ ।

पत्नीको आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए । भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन् । लाडप्यारले शरिरनै उनीतर्फ अड्याईन् ।

तर त्यो प्रेम थिएन । राक्षसले आफ्नो छदम् वेष देखाएको थियो । त्यहाँ एकैछिनमा बज्रपात भयो । उसले ५ वटै औला हातबाट छुट्यायो । एक झड्का नै उनका लागि अन्धकारमय भयो । त्यति मात्र हैन की हातबाट छुट्टीएका औला उसले फोहोरको थुप्रोमा फ्यालिदियो ।

ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् । तर हाम्रा पाठकलाई यो जानकारी गराउ की यो अत्यन्तै भयावह घटना र सोच्नै नसक्ने धोकापछिपनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो ।

उसले आफ्नी पत्नीलाई चेतावनी दिएको थियो । यदि पढाई सुरु गरे त्यसको परिणाम भयानक आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै गर्यो । द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएकै क्षणमा उनकी श्रीमतलाई अचानक, आँखा बन्द गर भन्यो ।

हात बाँधिदियो । मुखमा टेप लगाईदियो । उसले भन्यो की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो । घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ । उ अहिले जेलको चीसो कोठरीमा जीवन कटाइरहेको छ ।

मानवाधिकार समूहद्धारा आजीवन कारावासको माग
उ सारै नै राक्षस बन्यो । सारै ईर्ष्या गर्दथ्यो । किनकी उ केवल ८ कक्षा पासको मात्र शिक्षा लिएको थियो । श्रीमतीले उच्च शिक्षा लिएको हेर्न चाहादैन थियो ।

उस्तो भयावह घटना जसले सबैलाई स्तव्ध बनाउँछ । यसैले उसलाई आजीवन कारावासमा राख्न मानवअधिकारवादी समुहले भनेको छ । उसलाई अब जेलबाट बाहिर कहिलै आउन दिनुहुन्न उनीहरुको माग छ ।

झनै संघर्षशील
यो घटनाकी पिडित अख्टर हुन् । उनी अहिले झनै संघर्षशील बनेकी छिन् । दाहिने हातका औला नभएपछि अहिले उनी देब्रे हातले देख्न अभ्यास गरिरहेकी छिन् । उनी देब्रे हातले लेख्ने अभ्यासमा चाँडै पोख्त भएकी छिन् ।

उनले पढाई फेरी सूरु गरेकी छिन् । जसरीपनि मास्टर डिग्री हासिल गर्ने र सरकारको उच्च ओहोदामा जागिर खाने उनको लक्ष्य जसरी नी पुरा गर्ने कार्यमा मेहनत गरिरहेकी छिन् । अहिले उनी आफ्ना माता–पिताका घरमा फिर्ता गएकी छिन् ।

त्यही बसेर अध्ययन पुरा गर्ने लक्ष्य राखेकी छिन् । त्यहाँको समुदायले यो यो महिलामाथीको सहनै नसक्ने घटना भएको भनेको छ । विश्वलेपनि यसलाई अत्यन्तै निन्दनीय घटना भनेको छ । हामीले घटना भएको समाचार यसअघिपनि प्रकाशन गरेका थियौँ ।

यहाँ घटनापछिपनि छोरी अख्टर झनै संघर्षशील बनेको र सफलताका लागि प्रयासरत रहेको खुशीको खबर समेटेका छौ । हामी उनलाई अति सफलता मिल्ले शक्ति भगवानबाट मिलोस् । प्रार्थाना गर्दछौ ।

 

सम्बन्धित खबरहरु