काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिविले ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिने परीक्षर्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना जारी गरिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिने व्यवस्था तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आशिंक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पस÷कलेजमा मिति २०७८ साल आश्विन ०५ गतेदेखि २०७८ कार्तिक १० गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित २०७८ कार्तिक १७ सम्म परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु