काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीमा पेश भएका तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ ।

आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लगिने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन मस्यौदा, महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदन मस्यौदा र उपमहासचिव विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदा माथि स्थायी कमिटीमा छलफल भएको हो ।

यी तीन वटै प्रतिवेदन मस्यौदा माथि स्थायी कमिटी सदस्यहरुले राखेको टिप्पणी गर्नुभएको थियो ।

आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुको समेत सुझाव समेटिने भट्टराईले बताउनुभयो । ८ र ९ असोजमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

सम्बन्धित खबरहरु