काठमाडौं । सामाजिक सञ्जालमा अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले लेखेको एक स्टाटस खुबै भाइरल भयो ।

उनले भनेकी छिन्, ‘अब झन यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिष्ट पार्टी एमालेमा निष्ठावान कार्यकताका लागि न्यायको ढोका बन्द हुँदै गएको र विभेदले सीमा नाघेको अनुभुति भयो । चाकरीवाद मुर्दावाद !’ भनेर लेखेकी थिइन् । उनले यो कस्लाई लक्षित गरेर लेखेकी हुन् भन्ने कुरा स्पष्ट पारिएको छैन ।

नेकपा एमालेमा १० बुँदे सहमति अनुसार भातृ संगठनहरू २०७५ जेष्ठ २ गतेमा जाँदा अनेरास्ववियुको अध्यक्ष नविना लामा हुन् । तर गत शनिबार मात्रै अनेरास्ववियुको बैठकले उपाध्यक्ष सुनिता बराललाई अध्यक्ष बनायो ।

धेरैले नेतृ लामाले सामाजिक सञ्जालमार्फत् दिएको यस खाले कडा अभिव्यक्तिलाई सांकेतिक रूपमा अनेरास्ववियुको नयाँ नेतृत्वलाई लिएर विरोध जनाएको बुझेका छन् । अनेरास्ववियु पूर्व अध्यक्ष लामाले उन्नती खुलालले लेखेको यस स्टाटस सेयर गर्दै सहमति जनाएकी छिन् ।

खुलाले लेखेकी छिन, ‘संगठनको जीवन महाअधिवेशन हो । टिके पदस्थापनले संगठन कम्पनी लिमिटेड हुन्छ, त्यसले संगठनमा कुनै गतिशीलता प्रदान गर्न सक्दैन ।’

शुक्रबार नै एक टेलिभिजनसँग कुरा गर्दै नेतृ लामाले एमालेमा जस्को शक्ति छ उसैको निती हुने गरेको आरोप लगाइन् । शक्तिमा भएको व्यक्तिको निती कार्यान्वयन गर्ने गरेको उनको भनाई रहेको छ ।

आफु निरही भएको भन्दै उनले भनिन्, ‘कि त रामकुमारी झाक्री दिदीजस्तो विद्रोह नै गरेर जानु पर्यो त्यो हैसियत हाम्रो छैन, त्यो आँट भएन ।’ यो बीचमा उनले नेकपा एमाले छोड्न सक्ने अनुमान पजि गरिएको छ ।

सम्बन्धित खबरहरु