काठमाडौं । बिग बोस भारतकै चर्चित रियालिटी शो हो । आउँदो बिग बोसको नयाँ संस्करणमा पनि बलिउड स्टार सलमान खान नै प्रस्तोता बन्ने पक्का भएको छ ।

जानकारी अनुसार बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोताका लागि खानलाई महँगो पारिश्रमिक दिइने भएको छ ।

अगाडिको सिजनदेखि नै पारिश्रमिक बढाउन भनिरहेका सलमानले यस पटक महँगो पारिश्रमिक पाउने भएका हुन् ।

उनले अबको शोको लागि भारु ३५० करोड भारतीय रुपैयाँ (५,५९,८९,८०,३५९ रुपैयाँ) दिइने भएको छ ।

यही सेप्टेम्बर १८ मा बिग बोस ओटीटी सकिएपछि बिग बोस–१५ प्रशारण हुने बताइएको छ ।

शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन लगायतका कलाबारहरुको सहभागीता रहने बताइएको छ ।

शो प्रशारण हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । यसअघि सलमानले भारु २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए ।

सम्बन्धित खबरहरु