काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक पक्राउ परेका छन् ।

मेयरलाई मुक्का हानेका गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिनुभयो ।

उहाँले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का हान्नु भएको थियो । पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुनुहुन्छ ।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उहाँ अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ ।

पंगेनीमाथि अनुसन्धान गरेर दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताउनुभयो ।

मेयरमाथि मुक्का हानेपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

सम्बन्धित खबरहरु