काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस गरिनेछ ।

File Photo

राजनीतिक दलहरुबीच सहमति भएमा सम्भवतः आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुने विश्वास गरिएको छ ।

विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि ७२ घण्टा संशोधन समय दिइनेछ । सांसदहरले बजेटमाथि संशोधन राख्न पाउँछन् ।

राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्तावसमेत राख्ने सुविधा रहेको हुन्छ ।

सांसदले यस्तो प्रस्ताव राखेमा त्यसमाथि पनि छलफल हुने व्यवस्था रहेको छ । त्यसपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउछ ।

त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाए पश्चात विधेयक कार्यान्वयनमा आउछ ।
त्यसपछि मात्रै सरकारले खर्च गर्न पाउने छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच विनियोजन विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरियो । प्रतिनिधि सभाको अर्को बैठक पर्सि बोलाइएको छ ।

सम्बन्धित खबरहरु