काठमाडौं । कुलमान घिसिङविरुद्ध दायर मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको हो ।

प्राधिकरणको निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा पेसी तोकिएको छ । आजको सुनुवाइ सूचीमा यो मुद्दा पहिलो नम्बरमा छ ।

निवर्तमान कार्यकारी निर्देशक शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्नुभएको छ ।

उहाँले सरकारी निर्णयलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्नुभएको छ । सोही मुद्दामा यसअघि पनि राणाकै इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो ।

८ भदौमा राणाको एकल इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरि अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको थियो ।

सम्बन्धित खबरहरु