काठमाडौं । ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । झापाको अर्जुनधारामा घाइते भएका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको हो ।

गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा भएको आगलागीमा परी अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनकी श्रीमती दुर्गा खनालको मृत्यु भयो । छोरा पकज खनाल घाइते भएको जानकारी दिइएको छ ।

काठमाडौं, कीर्तिपुर अस्पतालमा उपचारका क्रममा खनाल दम्पतीको निधन भएको छिमेकी तथा सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपचारकै क्रममा सोमबार राति ७ः४५ बजे रोम खनालको निधन भएको हो । त्यसको केही घण्टापछि (राति ११ः१५) बजे दुर्गा खनालको निधन भयो ।

छोरा पंकजको अवस्था भने सामान्य रहेको जानकारी दिइएको छ । सामान्य अवस्थामा रहेका छोरा पंकजलाई अस्पतालले आज डिस्चार्ज गर्ने बताएको छ ।

खनालको परिवारमा मृतक रोमका आमा, एक छोरा र एक छोरी छन् । उनीहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् । मृतक खनाल दम्पतीको काठमाडौँमै अन्त्येष्टि गरिने छ ।

सम्बन्धित खबरहरु