काठमाडौं । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीयहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि दुव्र्यवहार गरेका छन् । भारतीयहरुको दुव्र्यवहारबाट तीन सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय समूह आइलागेको थियो ।

घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका उनीहरूले सीमाक्षेत्र नजिक सो घटना भएको हो ।

भारतबाट सामान लिएर आउने क्रममा गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो । सोही क्रममा उनीहरूले प्रतिवाद गरेका हुन् ।

भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि दुव्र्यवहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने आश्वासन दिएको छ ।

जानकारी अनुसार ति व्यक्तिहरू भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु