काठमाडौं । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी ) पार्टीको केन्द्रीय कमिटीको बैठक दिउँसो २ बजे काठमाडौको बुद्धनगरस्थित क्वालिटी बैक्वयटमा बस्दैछ ।

भदौ ९ गते निर्वाचन आयोगबाट दलको आधिकारिकता पाएको नेकपा (एस) को मंगलबार पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी संगठन विस्तार एवम् जिम्मेवारी बाँडफाँड लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा (एस) का नेता विरोध खतिवडाले जानकारी दिनुभयो ।

देशका ७७ वटै जिल्लाहरुको कमिटी गठन र विगतका समानान्तर कमिटीलाई नेकपा (एस) मा रुपान्तरण गरिने विषयमा बैठकमा छलफल हुदैछ ।

यसैगरी पार्टी कमिटीका ईन्चार्जहरु तोक्ने, जनवर्गीय संगठनहरुको व्यवस्थापन एवम् जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने नेता खतिवडाले बताउनुभयो ।

हामी पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछौं, पार्टी र संगठनका विषयसँग सम्बन्धित सबै विषयमा हामी छलफल गर्छौ ।

बैठक कति दिन चल्न् भन्ने पनि छलफलले नै निर्धारण गर्नेछ, खतिवडाले बताउनुभयो । साथै बैठकमा सत्तारुढ गठबन्धनका गतिविधि लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँको भनाइ छ ।

सम्बन्धित खबरहरु