काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ । ओमनमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर टोली मंगलबार बिहान स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो । नेपालले ओमानविरुद्ध एक जित र एक हार हात पार्यो ।

अमेरिकासँग पनि नेपालले एक जित र एक हारको नतिजा निकालेको थियो । सिरिजपछि नेपाल लिग–२ को चौंथो स्थानमा उक्लिएको छ ।

नेपालले ८ खेलमा ८ अंक जोडेको हो । ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । नेपालले त्यस सिरिज २–० ले जितेको थियो ।

सम्बन्धित खबरहरु