काठमाडौं । साताको तेस्रो दिन सुनको मुल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको हो ।

 

सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तर आज ३०० रूपैयाँ बढेर ८९ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार हुँदैछ ।

अर्कोतिर आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यो पनि, रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी रहेका छन् ।

काठमाडौँबाट रात्रि बसमा गएका माझीलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको हो ।

सम्बन्धित खबरहरु