काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति सबैको आकर्षण बढ्दै गइरहेको छ । यो बीचमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादीका नेता एमालेमा प्रवेश गरेका छन् ।

२०६४ सालमा मकवानपुरबाट पहिलो संविधान सभामा निवाृचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) सहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका हुन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा आवद्ध घिसिङ हुनुहुन्थ्यो ।

उहाँसँगै मकवानपुरकी माओवादी नेतृ वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ ।

माओवादी जनयुद्धमा लाग्नुभएकी नेतृ बरिना पछिल्लो समय सफल उद्यमीका रुपमा परचिति हुनुहुन्छ ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा अलग भएको बताउनुभयो ।

उहाँका अनुसार अहिलेको एमाले नेकपाकै निरन्तरता भएको र माओवादीमा रहेका असल र इमान्दार कार्यकर्ता एमालेमै समाहित भएको बताउनुभयो ।

नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल, मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु